Back to all sets

Geography — Set 6

10 Questions with Answers & Explanations

Set 6 of 18

1

ट्राभलर्स च्वाइस, २०१८ का अनुसार यात्रीहरूले रुचाउने शिर्ष चार गन्तव्यमा तलकामध्ये कुन क्रम सही छ ?

Statements

क. लण्डन

ख. पेरिस

ग. वाली

घ. रोम

Correct Answer

ख-क-घ-ग

Explanation

२०१८ को TripAdvisor Travelers' Choice अनुसार पेरिस पहिलो, लण्डन दोस्रो, रोम तेस्रो र वाली चौथो स्थानमा थिए। त्यसैले क्रम ख-क-घ-ग सही हो।

2

आसियनका सदस्य राष्ट्रहरुमा एकमात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ?

Options

A

मलेसिया

B

फिलिपिन्स

C

लाओस

D

ब्रुनई

Correct Answer

लाओस

Explanation

लाओस दक्षिण पूर्व एसियाली राष्ट्रहरुको संगठन (ASEAN) को एकमात्र सदस्य राष्ट्र हो जसको समुद्रसँग सिधा पहुँच छैन अर्थात् यो भूपरिवेष्ठित छ।

3

सान मारिनो र भ्याटिकन सिटीको बीचमा रहेका समानता पहिचान गर्नुहोस् :

Statements

क. एउटै देशले चारैतिरबाट घेरिएका देश हुन् ।

ख. दुवै देशलाई इटलीले चारैतिरबाट घेरेको छ ।

Correct Answer

दुवै ठिक

Explanation

सान मारिनो र भ्याटिकन सिटी दुवै 'Landlocked' मात्र नभई एउटै देश इटालीद्वारा घेरिएका 'Enclaved' राष्ट्रहरू हुन्।

4

तलको कुन जोडा गलत हो ?

Options

A

लद्दाख रेन्ज -> एसिया

B

एण्डिज रेन्ज -> दक्षिण अमेरिका

C

आल्प्स पर्वतमाला -> उत्तर अमेरिका

D

काराकोरम पर्वतमाला -> एसिया

Correct Answer

आल्प्स पर्वतमाला -> उत्तर अमेरिका

Explanation

आल्प्स पर्वतमाला युरोप महादेशमा अवस्थित छ, उत्तर अमेरिकामा होइन।

5

Cockpit of Europe भनेर कुन देशलाई चिनिन्छ ?

Options

A

फ्रान्स

B

जर्मनी

C

सर्विया

D

बेल्जियम

Correct Answer

बेल्जियम

Explanation

बेल्जियमलाई 'Cockpit of Europe' भनिन्छ किनकि युरोपको इतिहासका धेरै निर्णायक लडाइँहरू यसै देशको भूमिमा भएका थिए।

6

जोडा मिलाएर सही विकल्प छान्नुहोस् :

Match the Following

Group A

अ) टुभालु

Group B

१. गोल्डकोस्ट

Group A

आ) घाना

Group B

२. पर्सिया

Group A

इ) इरान

Group B

३. एलिस आइल्याण्ड

Group A

ई) जिम्बावे

Group B

४. वुस्तोल्याण्ड

Correct Answer

३-अ १-आ २-इ ५-ई

Explanation

टुभालुको पुरानो नाम एलिस आइल्याण्ड, घानाको गोल्डकोस्ट, इरानको पर्सिया र जिम्बावेको रोडेसिया हो।

7

राष्ट्रिय जनगणना २०६८ अनुसार समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनोट गर्नुहोस् :

Match the Following

Group A

1. बौद्ध

Group B

a. १.४ प्रतिशत

Group A

2. इस्लाम

Group B

b. ३.१ प्रतिशत

Group A

3. किराँत

Group B

c. ४.४ प्रतिशत

Group A

4. क्रिश्चियन

Group B

d. ९ प्रतिशत

Correct Answer

1-d, 2-c, 3-b, 4-a

Explanation

२०६८ को जनगणना अनुसार बौद्ध धर्मावलम्बी ९%, इस्लाम ४.४%, किराँत ३.१% र क्रिश्चियन १.४% रहेका छन्।

8

सगरमाथाको अंग्रेजी नाम Mount Everest कहिले राखिएको हो ?

Options

A

सन् १८५०

B

सन् १८६५

C

सन् १९७५

D

सन् १९८०

Correct Answer

सन् १८६५

Explanation

सन् १८६५ मा बेलायती नापी विभागका सर्भेयर जनरल सर जर्ज एभरेस्टको नामबाट सगरमाथाको अंग्रेजी नाम 'Mount Everest' राखिएको हो।

9

तल दिइएका जोडाहरुमा विचार गरी सही विकल्प छान्नुहोस् :

Statements

a. डोको -> म्याग्दी

b. वेधीचित्त -> बर्दिया

c. काफल -> नुवाकोट

d. रुद्राक्ष -> भोजपुर

Correct Answer

a, c, d सही, b गलत

Explanation

डोको म्याग्दीको, काफल नुवाकोटको र रुद्राक्ष भोजपुरको प्रसिद्ध उपज हुन्। बोधिचित्त (वेधीचित्त) काभ्रे जिल्लामा प्रसिद्ध छ, बर्दियामा होइन।

10

नेपालमा कति प्रजातिका लाटोकोसेरो पाइन्छन् ?

Options

A

१०

B

१४

C

१७

D

२१

Correct Answer

२१

Explanation

नेपालमा हालसम्म २१ प्रजातिका लाटोकोसेरोहरू पाइने तथ्य प्रमाणित भएको छ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →