Back to all sets

History — Set 14

9 Questions with Answers & Explanations

Set 14 of 14

1

म्यानमारकी नेतृ आङसाङ सुकी उक्त देशमा भएको रोहिंग्या समुदायहरू माथि भएको दमनको बारेमा मौन बसेपछि उनलाई दिइएको कुन पुरस्कार/पदक फिर्ता लिइएको थियो ?

Options

A

नोबेल शान्ति पुरस्कार

B

फ्रिडम अफ द इङ्लीस सिटी अफ अक्सफोर्ड

C

म्यागासेसे पुरस्कार (सार्वजनिक नेतृत्व)

D

महात्मा गान्धी अन्तराष्ट्रिय शान्ति पुरस्कार

Correct Answer

फ्रिडम अफ द इङ्लीस सिटी अफ अक्सफोर्ड

Explanation

रोहिंग्या संकटमा देखाएको उदासीनताका कारण अक्सफोर्ड सहरले आङसाङ सुकीलाई प्रदान गरेको 'Freedom of the City of Oxford' सम्मान फिर्ता लिएको थियो ।

2

जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. निर्वाचन आयुक्त

Group B

१. अनिरुद्र प्रसाद सिंह

Group A

ख. लोकसेवा आयोगका अध्यक्ष

Group B

२. तोरण शमशेर जबरा

Group A

ग. प्रहरी महानिरीक्षक

Group B

३. सुरेन्द्र बहादुर बस्नेत

Group A

घ. प्रधान न्यायालयका प्रधानन्यायाधिश

Group B

४. हरिप्रसाद प्रधान

Correct Answer

क-३, ख-१, ग-२, घ-४

Explanation

नेपालको पहिलो निर्वाचन आयुक्त सुरेन्द्र बहादुर बस्नेत, लोकसेवा आयोगका प्रथम अध्यक्ष अनिरुद्र प्रसाद सिंह, पहिलो प्रहरी महानिरीक्षक तोरण शमशेर जबरा र पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान हुन्। यो क्रम विकल्प B मा रहेको छ।

3

तलका जोडाहरुको बारेमा विचार गर्नुहोस् :

Statements

a. सबैभन्दा ठुलो आरक्ष -> ढोरपाटन शिकार आरक्ष जसको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ ।

b. सबैभन्दा ठुलो चउर -> चित्लाङको पुरानो भेडा फर्म गोरखामा अवस्थित छ ।

c. सबैभन्दा ठुलो काठको मन्दिर -> काष्ठमण्डप भक्तपुरमा अवस्थित छ ।

d. सबैभन्दा अग्लो दरवार -> बसन्तपुरको नौतले दरवार काठमाडौंमा अवस्थित छ ।

Correct Answer

a, d सही, b, c गलत

Explanation

ढोरपाटन शिकार आरक्षको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ र बसन्तपुरको नौतले दरबार काठमाडौंमा छ। तर चित्लाङ मकवानपुरमा र काष्ठमण्डप काठमाडौंमा पर्ने भएकोले कथन b र c गलत छन्।

4

(अ) र (आ) मा केही तथ्य दिइएको छ :

Statements

अ) बेलायतमा सन् १६८८ मा भएको क्रान्तिलाई गौरवमय क्रान्ति भनिन्छ।

आ) गौरवमय क्रान्तिको समयमा जर्ज द्वितीय राजा थिए।

Correct Answer

(अ) सही (आ) गलत

Explanation

१६८८ को बेलायती क्रान्तिलाई गौरवमय क्रान्ति भनिन्छ, तर त्यस समयमा राजा जर्ज द्वितीय नभई जेम्स द्वितीय थिए।

5

विचार गर्नुहोस् :

Statements

क) अन्तराष्ट्रिय शरणार्थी संगठन (IRO) को स्थापना सन् १९४६ मा भएको हो ।

ख) संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय स्थापना भएपछि IRO को विघटन गरिएको छ ।

Correct Answer

दुवै ठीक

Explanation

IRO को स्थापना सन् १९४६ मा भएको थियो र सन् १९५० मा UNHCR को स्थापना भएपछि IRO लाई खारेज गरी यसका कार्यहरू हस्तान्तरण गरिएका थिए।

6

पुनर्जागरण कालीन महाकाव्य "डिभाइन कमेडी" का रचनाकार को थिए ?

Options

A

बोक्कासियो

B

पेट्राक

C

दान्ते अलियाधारी

D

बेकन

Correct Answer

दान्ते अलियाधारी

Explanation

डिभाइन कमेडी इटालेली कवि दान्ते अलियाधारीद्वारा लिखित प्रसिद्ध महाकाव्य हो जुन पुनर्जागरण कालको एक उत्कृष्ट कृति मानिन्छ।

7

लिच्छवीकालिन प्रशासनिक व्यवस्थामा दण्डपाशिक भन्नाले कस्तो पदलाई बुझिन्थ्यो ?

Options

A

सेनाको प्रमुख

B

प्रहरी तर्फको सर्वोच्च पदाधिकारी

C

राज्यको तर्फबाट आदेश जारी गर्ने व्यक्ति

D

राज्यको केन्द्रीय सुरक्षा विभागको प्रमुख

Correct Answer

प्रहरी तर्फको सर्वोच्च पदाधिकारी

Explanation

लिच्छवी कालमा 'दण्डपाशिक' भन्नाले प्रहरी प्रशासनको सबैभन्दा माथिल्लो ओहोदाको कर्मचारी वा पदाधिकारीलाई बुझिन्थ्यो।

8

नेपाल-अंग्रेज युद्धको क्रमका विभिन्न किल्ला र नेपालको तर्फबाट कमाण्डरको रुपमा भूमिका निभाएका व्यक्तिको जोडामा कुन गलत छ/छन् ?

Options

A

पर्सा -> रणवीरसिंह थापा

B

जितगढ -> उजिर सिंह

C

नालापानी -> रणजोर सिंह थापा

D

जैथक -> बलभद्र कुँवर

Correct Answer

नालापानी -> रणजोर सिंह थापा

Explanation

नालापानीको युद्धमा नेपाली फौजको नेतृत्व बलभद्र कुँवरले गरेका थिए भने रणजोर सिंह थापाले जैथक किल्लाको कमाण्ड गरेका थिए। त्यसैले विकल्प C र D दुवैमा कमाण्डरहरू फेरबदल भएका छन्।

9

नेपाल एकिकरण अभियानका योद्धाहरु र उनीहरुले शाहदत प्राप्त गरेका स्थान दिइएको छ । समूह क र समूह ख विच जोडा मिलाइ सही विकल्प छनोट गर्नुहोस् ।

Match the Following

Group A

अ) नयनसिंह थापा

Group B

१. काँगडा

Group A

आ) भक्ति थापा

Group B

२. अल्मोडा

Group A

इ) गन्धर्व राना

Group B

३. देउथल

Group A

ई) बाघ भीमसेन थापा

Group B

४. पलाञ्चोक

Correct Answer

अ२, आ३, इ१, ई४

Explanation

नयनसिंह थापाले अल्मोडामा, भक्ति थापाले देउथलमा, र गन्धर्व रानाले काँगडामा वीरगति प्राप्त गरेका थिए।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →