Back to all sets

Geography — Set 11

10 Questions with Answers & Explanations

Set 11 of 18

1

सडक मार्गको लम्बाईको आधारमा लामोबाट छोटोको क्रममा मिलाउँदा तलका मध्ये कुन ठिक छ?

Options

A

महाकाली राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, राप्ती राजमार्ग

B

महाकाली राजमार्ग, त्रिभुवन राजपथ, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, राप्ती राजमार्ग

C

महाकाली राजमार्ग, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, राप्ती राजमार्ग

D

महाकाली राजमार्ग, त्रिभुवन राजपथ, राप्ती राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग

Correct Answer

महाकाली राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, राप्ती राजमार्ग

Explanation

दिएका राजमार्गहरूमध्ये लम्बाईको आधारमा सही अवरोही क्रम विकल्प A मा रहेको छ।

2

तलका भनाइबारे विचार गर्नुहोस् :

Statements

a. रसियामा हिउँले घेरेको समुद्रको नाम ल्याप्टेभ हो ।

b. अलास्का र साइवेरिया विचको न्यूनतम दुरी ५५ माइल छ ।

c. अन्दमान सागर हिन्द महासागरको एक भाग हो ।

d. मेडिटेरियन सीसँग सीमाना जोडिने तीनवटा महादेश युरोप, एसिया र अस्ट्रेलिया हुन् ।

Correct Answer

a, b, c सही d गलत

Explanation

भूमध्य सागर (Mediterranean Sea) ले युरोप, एसिया र अफ्रिका महादेशलाई छुन्छ, अस्ट्रेलियालाई होइन। ल्याप्टेभ सागर रसियाको उत्तरी भागमा पर्दछ र अन्दमान सागर हिन्द महासागरकै एउटा हिस्सा हो।

3

तलका वाक्यहरुमा विचार गर्नुहोस् ।

Statements

अ) चिलिमे जलविद्युत आयोजना रसुवा जिल्लामा पर्दछ ।

आ) चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लामा पर्दछ ।

Correct Answer

(अ) र (आ) दुवै सही

Explanation

चिलिमे जलविद्युत आयोजना रसुवामा र चमेलिया जलविद्युत आयोजना सुदूरपश्चिमको दार्चुला जिल्लामा अवस्थित छन्, त्यसैले दुवै कथन सही छन्।

4

तलका वाक्यहरूमा विचार गर्नुहोस् :

Statements

अ) चिलिमे जलविद्युत आयोजना रसुवा जिल्लामा पर्दछ ।

आ) चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लामा पर्दछ ।

Correct Answer

(अ) र (आ) दुवै सही

Explanation

चिलिमे जलविद्युत आयोजना रसुवा जिल्लामा र चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लामा अवस्थित छन्, त्यसैले दुवै कथनहरू सही छन्।

5

भक्तपुर जिल्लामा पर्ने पर्यटकीय स्थल नगरकोट समुद्र सतहदेखि .........मिटर वा ....... फिटको उचाईमा रहेको छ ।

Options

A

२२५०, ७४३५

B

२१७५, ७१३६

C

२२५०, ७३८५

D

२१६५, ७२५०

Correct Answer

२१७५, ७१३६

Explanation

नगरकोटको उचाई समुद्री सतहबाट करिब २१७५ मिटर (७१३६ फिट) रहेको छ।

6

तलका जोडाहरुको बारेमा विचार गर्नुहोस् :

Statements

a. सबैभन्दा ठुलो आरक्ष -> ढोरपाटन शिकार आरक्ष जसको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ ।

b. सबैभन्दा ठुलो चउर -> चित्लाङको पुरानो भेडा फर्म गोरखामा अवस्थित छ ।

c. सबैभन्दा ठुलो काठको मन्दिर -> काष्ठमण्डप भक्तपुरमा अवस्थित छ ।

d. सबैभन्दा अग्लो दरवार -> बसन्तपुरको नौतले दरवार काठमाडौंमा अवस्थित छ ।

Correct Answer

a, d सही, b, c गलत

Explanation

ढोरपाटन शिकार आरक्षको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ र बसन्तपुरको नौतले दरबार काठमाडौंमा छ। तर चित्लाङ मकवानपुरमा र काष्ठमण्डप काठमाडौंमा पर्ने भएकोले कथन b र c गलत छन्।

7

पर्यावरणीय संग्रहालय कहाँ रहेको छ ?

Options

A

चितवन

B

ललितपुर

C

काठमाडौं

D

मुस्ताङ

Correct Answer

मुस्ताङ

Explanation

नेपालको पर्यावरणीय संग्रहालय (Ecological Museum) मुस्ताङको जोमसोममा अवस्थित छ ।

8

माथिका भनाईहरु मध्ये कुन गलत हो ?

Statements

A. सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाइएको थियो।

B. सन् २०१८ लाई अरुण- सगरमाथा भ्रमण वर्ष मनाउने निर्णय गरिएको छ।

C. सन् २०११ मा मनाइएको नेपाल पर्यटन वर्षमा नेपालमा १५ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको थियो।

D. नेपालमा सबैभन्दा बढि पर्यटक आउने महिना अक्टोबर हो।

Correct Answer

सन् २०११ मा मनाइएको नेपाल पर्यटन वर्षमा नेपालमा १५ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको थियो।

Explanation

नेपाल पर्यटन वर्ष २०११ को लक्ष्य १० लाख पर्यटक भित्राउने थियो, १५ लाख होइन।

9

नेपालको स्थानीय तहको नयाँ विभाजन अनुसार क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?

Options

A

पोखरा

B

भरतपुर

C

विराटनगर

D

विरगंज

Correct Answer

पोखरा

Explanation

पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मी. छ, जुन नेपालका सबै महानगरपालिकाहरूमध्ये सबैभन्दा ठुलो हो।

10

पृथ्वीको भित्री भागमा सर्वप्रथम कम्पन्न हुने केन्द्रलाई के भनिन्छ ?

Options

A

इपिसेन्टर

B

फोकस

C

दुवै ठीक

D

कुनै पनि होइन ।

Correct Answer

फोकस

Explanation

भूकम्पको लहर उत्पन्न हुने पृथ्वीको गर्भभित्रको विन्दुलाई फोकस (Hypocenter) भनिन्छ भने सो विन्दुको ठीक माथि पृथ्वीको सतहमा पर्ने विन्दुलाई इपिसेन्टर भनिन्छ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →