Back to all sets

Geography — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 18

1

समूह I र समूह II विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनोट गर्नुहोस् ?

Match the Following

Group A

a. म्याग्मा

Group B

1. भूकम्प

Group A

b. सिस्मोग्राफ

Group B

2. ज्वालामुखी

Group A

c. क्रोनोमिटर

Group B

3. ग्रीनविच

Group A

d. विश्व समय

Group B

4. स्थानिय समय

Correct Answer

a-2, b-1, c-4, d-3

Explanation

म्याग्मा ज्वालामुखीसँग, सिस्मोग्राफ भूकम्पसँग, क्रोनोमिटर स्थानिय समयसँग र विश्व समय ग्रीनविचसँग सम्बन्धित छ।

2

विभिन्न उपभोग्य वस्तुहरु र नेपालमा ति वस्तुका लागि प्रसिद्ध स्थानका वीचमा जोडा मिलाई सही विकल्प पहिचान गर्नुहोस् :

Match the Following

Group A

a. अदुवा

Group B

i. भोजपुर

Group A

b. सावर छाला

Group B

ii. ठेचो

Group A

c. रुद्राक्ष

Group B

iii. दैलेख

Group A

d. खुवा

Group B

iv. मालनेटा

Correct Answer

a-iv, b-iii, c-i, d-ii

Explanation

नेपालमा अदुवाका लागि मालनेटा (सल्यान), सावर छालाका लागि दैलेख, रुद्राक्षका लागि भोजपुर र खुवाका लागि ललितपुरको ठेचो प्रसिद्ध छ।

3

अस्ट्रेलियालाई एक महादेश-एक देश पनि भनिन्छ । अस्ट्रेलियाका.........ओटा राज्य मिलाएर सन् ..........मा .................... (अस्ट्रेलियाकाको औपचारिक नाम) को स्थापना गरिएको थियो ।

Options

A

६, १९२०, युनियन अफ अस्ट्रेलिया

B

७, १९१०, किङडम अफ अस्ट्रेलिया

C

७, १९२०, रिपब्लिक अफ अस्ट्रेलिया

D

६, १९१०, कमनवेल्थ अफ अस्ट्रेलिया

Correct Answer

६, १९१०, कमनवेल्थ अफ अस्ट्रेलिया

Explanation

अस्ट्रेलियामा ६ वटा राज्यहरू रहेका छन् र यसको औपचारिक नाम 'Commonwealth of Australia' हो। सन १९०१ मा यसको स्थापना भएको भए तापनि विकल्पहरू मध्ये 'D' सबैभन्दा नजिकको उत्तर मान्न सकिन्छ (यद्यपि मितिमा त्रुटि हुन सक्छ)।

4

तलका भनाईहरुमा विचार गर्नुहोस्।

Statements

क) २०६८ को राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम साक्षरता दर भएको जिल्ला रौतहट हो।

ख) मगर भाषा प्रमुख (बढि बोलिने) पाँच मातृभाषा भित्र पर्दछ।

Correct Answer

(अ) सहि (आ) गलत

Explanation

२०६८ को जनगणना अनुसार रौतहट सबैभन्दा कम साक्षरता भएको जिल्ला हो, जुन सहि छ। मगर भाषा छैठौं बढी बोलिने भाषा हो, त्यसैले यो शीर्ष पाँचमा पर्दैन।

5

सप्तकोशी नदीका सबैभन्दा ठुलो र सबैभन्दा सानो सहायक नदी क्रमश: ............ र ............ हुन् ।

Options

A

तमोर, लिखु

B

इन्द्रावती, अरुण

C

अरुण, सुनकोशी

D

अरुण, लिखु

Correct Answer

अरुण, लिखु

Explanation

सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो सहायक नदी लिखु हो।

6

सबैभन्दा लामो समुद्री किनारा भएका देशहरुको बढ्दोबाट कमको क्रम मिलाउँदा कुन सही छ ?

Options

A

रसिया, क्यानडा, फिलिपिन्स, इन्डोनेसिया

B

क्यानडा, रसिया, फिलिपिन्स, इन्डोनेसिया

C

क्यानडा, रसिया, इन्डोनेसिया, फिलिपिन्स

D

क्यानडा, इन्डोनेसिया, रसिया, फिलिपिन्स

Correct Answer

क्यानडा, इन्डोनेसिया, रसिया, फिलिपिन्स

Explanation

विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको देश क्यानडा हो, त्यसपछि इन्डोनेसिया, रुस र फिलिपिन्सको क्रम आउँछ।

7

समूह क र समूह ख विच जोडा मिलाइ सही विकल्प छान्नुहोस ।

Match the Following

Group A

अ) ग्याला भञ्ज्याङ

Group B

१. दार्चुला

Group A

आ) टिङ्कर भञ्ज्याङ

Group B

२. ताप्लेजुङ

Group A

इ) नाम्जा भञ्ज्याङ

Group B

३. गोरखा

Group A

ई) टिपताल भञ्ज्याङ

Group B

४. हुम्ला

Correct Answer

अ ३, आ १, इ ४, ई २

Explanation

ग्याला भञ्ज्याङ गोरखामा, टिङ्कर दार्चुलामा, नाम्जा हुम्लामा र टिपताल ताप्लेजुङ जिल्लामा पर्दछन्।

8

विभिन्न भौगोलिक क्षेत्रका खोजकर्ताको सम्बन्धमा कुन सही छ / छन् ?

Statements

I. अष्ट्रेलिया -> क्याप्टेन जेम्स कुक

II. अन्टार्कटिका -> जोन डेभिस

III. पश्चिम द्विप -> क्याप्टेन कुक

IV. हवाई द्विप -> क्रिस्टोफर कोलम्बस

Correct Answer

I, II मात्र सही

Explanation

क्याप्टेन जेम्स कुकले अष्ट्रेलिया र हवाई टापु पत्ता लगाएका हुन्, भने जोन डेभिस अन्टार्कटिकामा पहिलो पटक पुगेका हुन्। पश्चिम द्विप (West Indies) क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका हुन्।

9

नेपालका पर्यटकीय स्थल र तिनको उचाईबारे विचार गर्नुहोस् :

Statements

a. ककनी -> २१६० मि.

b. नगरकोट -> २१०० मि.

c. सल्लेरी -> २०७३ मि.

d. घोडेपानी -> २८३५ मि.

Correct Answer

a, b, c, d सबै सही

Explanation

यी सबै पर्यटकीय स्थलहरू र तिनीहरूको उल्लेखित उचाइ सामान्यतया विभिन्न भौगोलिक स्रोतहरूमा आधारित सही मानिन्छन्।

10

भक्तपुरको सूर्य विनायक नगरपालिकामा निर्माण गर्न लागिएको राष्ट्रिय प्राणी उद्यानको क्षेत्रफल कति रहेको छ ?

Options

A

२१५ हेक्टर

B

२२५ हेक्टर

C

२३५ हेक्टर

D

२४५ हेक्टर

Correct Answer

२४५ हेक्टर

Explanation

सूर्यविनायक, भक्तपुरमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानको कुल क्षेत्रफल करिब २४५ हेक्टर रहेको छ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →