Back to all sets

Geography — Set 9

10 Questions with Answers & Explanations

Set 9 of 18

1

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?

Options

A

६२७.३९ वर्ग कि.मी.

B

६७३.३७ वर्ग कि.मी.

C

६३७.७३ वर्ग कि.मी.

D

४९९ वर्ग कि.मी.

Correct Answer

६२७.३९ वर्ग कि.मी.

Explanation

पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रफल ६२७.३९ वर्ग कि.मी. रहेको छ। यसको पुरानो क्षेत्रफल ४९९ वर्ग कि.मी. थियो।

2

तल दिइएका विमानस्थलहरु र ती अवस्थित प्रदेशबीच जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. बलेवा विमानस्थल

Group B

१. प्रदेश नं. ३

Group A

ख. मसिने चउर विमानस्थल

Group B

२. प्रदेश नं. ७

Group A

ग. देवल विमानस्थल

Group B

३. गण्डकी प्रदेश

Group A

घ. मघौली विमानस्थल

Group B

४. कर्णाली प्रदेश

Correct Answer

क-३, ख-४, ग-२, घ-१

Explanation

बलेवा विमानस्थल गण्डकी प्रदेशमा, मसिने चउर कर्णालीमा, देवल सुदूरपश्चिम (प्रदेश नं. ७) मा र मेघौली बागमती (प्रदेश नं. ३) मा पर्दछन्।

3

संग्रहालयहरू र तिनको अवस्थितिका बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Match the Following

Group A

क) तामाङ संग्रहालय

Group B

१. मकवानपुर

Group A

ख) चेपाङ संग्रहालय

Group B

२. रसुवा

Group A

ग) वन पैदावर संग्रहालय

Group B

३. चितवन

Group A

घ) वन्यजन्तु संग्रहालय

Group B

४. कास्की

Correct Answer

क-२, ख-३, ग-१, घ-४

Explanation

तामाङ संग्रहालय रसुवामा, चेपाङ संग्रहालय चितवनमा, वन पैदावर संग्रहालय मकवानपुरमा र वन्यजन्तु संग्रहालय कास्की जिल्लामा अवस्थित छन्।

4

तलका दुई कथनहरू पूरा गर्न सही विकल्प छनोट गर्नुहोस्: A. जनसंख्याको आकार, संरचना तथा वितरणमा प्रभाव पार्ने वा परिवर्तन ल्याउने नै ......................... हो । B. जनसंख्या दोब्बर हुन लाग्ने समय मुख्यतः ......................... मा निर्भर रहन्छ ।

Options

A

जनसाङ्ख्यिक तत्व, जनसंख्या वृद्धिदर

B

जन्म, कोरा जन्मदर

C

वसाइसराइ, कोरा जन्मदर

D

जनसाङ्ख्यिक प्रक्रिया, जनसंख्या वृद्धिदर

Correct Answer

जनसाङ्ख्यिक प्रक्रिया, जनसंख्या वृद्धिदर

Explanation

जनसंख्याको आकार, संरचना र वितरणमा परिवर्तन ल्याउने कार्यलाई जनसाङ्ख्यिक प्रक्रिया (Demographic process) भनिन्छ र जनसंख्या दोब्बर हुन लाग्ने समय (Doubling time) मुख्यतया जनसंख्या वृद्धिदरमा निर्भर रहन्छ।

5

राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा बृहद समूह अनुसार नेपालको जनसंख्याको वितरण बारेमा तलका भनाइहरु विचार गर्नुहोस् :

Statements

a. १५ देखि ५९ वर्ष उमेरसमूहको जनसङ्ख्या ५६.९६ प्रतिशत छ।

b. १४ वर्ष भन्दा कम उमेर समूहको जनसङ्ख्या ३४.९१ प्रतिशत छ।

c. ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरको जनसङ्ख्या ८.१३ प्रतिशत छ।

Correct Answer

a, b, c सबै सही

Explanation

२०६८ सालको जनगणना अनुसार सक्रिय उमेर समूह (१५-५९) ५६.९६%, बालबालिका (१४ मुनि) ३४.९१% र ज्येष्ठ नागरिक (६० माथि) ८.१३% रहेका थिए।

6

तलकामध्ये कुन जोडा गलत छ ?

Options

A

नेपालमा मात्र पाइने किरा -> कालिस नेभीस

B

विश्वमा नेपालमा बाहेक अन्यत्र नपाइने च्याउ -> ट्राफिना नेपालोन्सिस

C

विश्वमा सर्वाधिक चरा पाइने उपत्यका -> अरुण उपत्यका

D

नेपालको सबैभन्दा पुरानो मन्दिर -> पशुपतिनाथ

Correct Answer

नेपालको सबैभन्दा पुरानो मन्दिर -> पशुपतिनाथ

Explanation

नेपालको सबैभन्दा पुरानो मन्दिर चाँगुनारायणलाई मानिन्छ, किनकि यसमा लिच्छवि कालको शिलालेख भेटिएको छ। पशुपतिनाथ प्राचीन भए पनि ऐतिहासिक प्रमाणका आधारमा चाँगुनारायण जेठो मानिन्छ।

7

तलका बुँदाहरु विचार गर्नुहोस् र सही उत्तर छान्नुहोस् ।

Statements

अ) अष्ट्रेलियाको सबैभन्दा लामो पर्वत श्रृङ्खला ग्रेट डिभाइडिङ रेन्ज हो ।

आ) सन् १९५९ मा भएको अन्टार्कटिका सन्धिमा बाह्र देशले हस्ताक्षर गरेका छन् ।

Correct Answer

(अ) र (आ) दुवै सही

Explanation

अष्ट्रेलियाको सबैभन्दा लामो पर्वत श्रृङ्खला ग्रेट डिभाइडिङ रेन्ज नै हो र सन् १९५९ मा भएको अन्टार्कटिका सन्धिमा सुरुमा १२ देशले हस्ताक्षर गरेका थिए।

8

समूह १ र समूह २ मा जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. श्रीलंका

Group B

1. जोङ्खा

Group A

b. पाकिस्तान

Group B

2. दिवेही

Group A

c. भुटान

Group B

3. सिंहाली

Group A

d. माल्दिभ्स

Group B

4. उर्दु

Correct Answer

a-3, b-4, c-1, d-2

Explanation

श्रीलंकाको राष्ट्रिय भाषा सिंहाली, पाकिस्तानको उर्दु, भुटानको जोङ्खा र माल्दिभ्सको दिवेही हो।

9

निम्न कथन अध्ययन गर्नुहोस् र सही जवाफ छान्नुहोस् ।

Statements

I. उत्तर अमेरिकाको क्षेत्रफल ९५,४०,००० वर्ग माइल रहेको छ ।

II. उत्तर अमेरिका १०° उत्तरी अक्षांश देखि ८०° उत्तरी अक्षांश र २०° पश्चिमी देखी १६०° पश्चिम देशान्तर सम्म फैलिएको छ ।

III. उत्तर अमेरिकालाई नयाँ संसारको नामले पनि चिनिन्छ ।

IV. उत्तर अमेरिका लाई भास्को डि गामाले पत्ता लगाएका हुन् ।

Correct Answer

I, II, III सही IV बेठीक

Explanation

उत्तर अमेरिकाको बारेमा कथन I, II र III सही छन् तर कथन IV गलत छ किनभने उत्तर अमेरिका क्रिस्टोफर कोलम्बसले पत्ता लगाएका हुन्, भास्को डि गामाले होइन ।

10

तलको कुन जोडी गलत छ :

Options

A

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज -> शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

B

नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज -> रारा राष्ट्रिय निकुञ्ज

C

सबैभन्दा धेरै पर्यटक घुम्न जाने राष्ट्रिय निकुञ्ज -> चितवन राष्ट्रिय निकुञ्ज

D

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज -> मकालु वरुण राष्ट्रिय निकुञ्ज

Correct Answer

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज -> मकालु वरुण राष्ट्रिय निकुञ्ज

Explanation

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज हो, मकालु वरुण होइन।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →