Back to all sets

History — Set 7

10 Questions with Answers & Explanations

Set 7 of 14

1

पहिलो विश्व युद्धको अन्त्य कहिले भएको थियो ?

Options

A

सन् १९१८ नोभेम्बर १

B

सन् १९१८ नोभेम्बर ११

C

सन् १९१८ नोभेम्बर १२

D

सन् १९१८ नोभेम्बर १९

Correct Answer

सन् १९१८ नोभेम्बर ११

Explanation

प्रथम विश्वयुद्ध सन् १९१४ जुलाई २८ मा सुरु भई सन् १९१८ नोभेम्बर ११ मा समाप्त भएको थियो।

2

लिच्छविकालिन प्रशासनिक पदाधिकारीका सम्बन्धमा तलको कुन जोडा गलत छ ?

Options

A

अमात्य -> मन्त्रीस्तरिय अधिकारी

B

प्रसादाधिकृत -> कार्यालय प्रमुख

C

भट्ट -> सिपाही

D

गौल्मीक -> सेनाध्यक्ष

Correct Answer

गौल्मीक -> सेनाध्यक्ष

Explanation

लिच्छविकालमा 'गौल्मीक' भन्नाले सैनिक सुरक्षा जाँच चौकी वा सानो सैनिक एकाइ (गुल्म) को प्रमुखलाई जनाउँथ्यो, न कि सेनाध्यक्षलाई । सेनाध्यक्षलाई 'महाबलाध्यक्ष' भनिन्थ्यो ।

3

लिच्छवीकालमा भट्टाधिकरण पदको पदाधिकारीले तलकामध्ये कुन क्षेत्र हेर्थ्यो ?

Options

A

व्यापार

B

धार्मिक कामकाज

C

शैक्षिक संस्था

D

ग्राम प्रशासन

Correct Answer

धार्मिक कामकाज

Explanation

लिच्छवीकालीन शासन व्यवस्थामा 'भट्टाधिकरण' जातपात, धर्म र सामाजिक व्यवस्थासँग सम्बन्धित विवाद र कार्यहरू हेर्ने प्रमुख अड्डा थियो ।

4

समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनोट गर्नुहोस् ।

Match the Following

Group A

1. मकै पर्व

Group B

a. लक्ष्मण राज

Group A

2. प्रजापरिषद् काण्ड

Group B

b. उत्तरध्वज खवास

Group A

3. ३८ सालको काण्ड

Group B

c. मुरलीधर पण्डित

Group A

4. लाइब्रेरी पर्व

Group B

d. रामहरी जोशी

Group A

5. प्रचण्ड गोर्खा पर्व

Group B

e. रामचन्द्र अधिकारी

Correct Answer

1-d, 2-c, 3-b, 4-e, 5-a

Explanation

नेपालको इतिहासमा मकै पर्व रामचन्द्र अधिकारीले पोल खोलेका थिए, प्रजापरिषद् काण्डमा मुरलीधर पण्डित, ३८ सालको काण्डमा उत्तरध्वज खवास र प्रचण्ड गोर्खामा लक्ष्मण राज संलग्न थिए।

5

समूह I र समूह II विच जोडा मिलाउनुहोस्:

Match the Following

Group A

a. फिष्टे महाराज

Group B

1. त्रैलोक्य

Group A

b. बुलेट महाराज

Group B

2. रणबहादुर शाह

Group A

c. राजर्षि महाराज

Group B

3. चन्द्र शमशेर

Group A

d. स्वामी महाराज

Group B

4. जुद्ध शमशेर

Correct Answer

a-3, b-1, c-4, d-2

Explanation

चन्द्र शमशेरलाई फिष्टे महाराज, त्रैलोक्यलाई बुलेट महाराज, जुद्ध शमशेरलाई राजर्षि महाराज र रणबहादुर शाहलाई स्वामी महाराज भनिन्छ।

6

आफ्नो कार्यकालमा नेपालको भ्रमण गरेका संयुक्त राष्ट्र संघका महासचिव तलकामध्ये को-को हुन् ?

Statements

क) कुर्त वाइल्ड हाइम

ख) हाभिएर पेरेज द कोयार

ग) कोफि अन्नान

Correct Answer

माथिका सबै

Explanation

कुर्त वाइल्ड हाइम, हाभिएर पेरेज द कोयार र कोफी अन्नान तीनै जनाले आ-आफ्नो कार्यकालमा नेपालको भ्रमण गरेका थिए।

7

दरवार हाइस्कुलको स्थापना .......... मा भएको हो। पाठ्यक्रम विकास केन्द्रको स्थापना ...........मा भएको हो।

Options

A

वि.सं. १९१०, २०२८

B

वि.सं. १९७५, २०२८

C

वि.सं. १९१०, २०२०

D

वि.सं. १९०६, २०१६

Correct Answer

वि.सं. १९१०, २०२८

Explanation

नेपालको पहिलो आधुनिक विद्यालय दरवार हाइस्कुलको स्थापना वि.सं. १९१० मा भएको हो र पाठ्यक्रम विकास केन्द्रको स्थापना वि.सं. २०२८ मा भएको हो।

8

लिच्छवीकालिन शब्दका बारे तलको भनाई विचार गर्नुहोस् :

Statements

I. अधिकरण -> प्रशासकीय कार्य गर्ने सरकारी अड्डा

II. दण्डपाशिक -> प्रहरी तर्फका सर्वोच्च पदाधिकारी

III. बलाध्यक्ष -> प्रधानसेनापति

IV. प्रधान -> मन्त्रीस्तरीय अधिकारी

Correct Answer

I, II, III सही, IV गलत

Explanation

लिच्छवी कालमा 'अधिकरण'ले प्रशासनिक/न्यायिक अड्डा जनाउँछ, 'दण्डपाशिक' मुख्य प्रहरी अधिकारी हुन्थे र 'बलाध्यक्ष' सेना प्रमुख हुन्थे । 'प्रधान' मन्त्रीस्तरीय नभई गाउँ वा स्थानीय स्तरको प्रमुख प्रशासनिक अधिकारी बुझिन्छ ।

9

जोडा मिलाई कोडबाट सही उत्तर छनोट गर्नुहोस्।

Match the Following

Group A

a. पशुपतिको देवलको निर्माण

Group B

1. गुणकामदेव

Group A

b. पशुपतिको मन्दिर निर्माण

Group B

2. वरदेव

Group A

c. काठमाडौं सहरको स्थापना

Group B

3. सुपुष्प

Group A

d. ललितपुर सहरको स्थापना

Group B

4. प्रचण्डदेव

Correct Answer

a-3, b-4, c-1, d-2

Explanation

सुपुष्पले पशुपतिको देवल, प्रचण्डदेवले पशुपतिको मन्दिर, गुणकामदेवले काठमाडौँ सहर र वरदेवले ललितपुर सहरको स्थापना गरेका हुन् ।

10

गौरवमय क्रान्तिका परिणामहरू तलकामध्ये कुन-कुन हुन् ?

Statements

क. बेलायतमा संवैधानिक राजतन्त्रको स्थापना

ख. वैदेशिक सम्बन्धमा परिवर्तन

ग. संसदको सर्वोच्चता स्थापित

Correct Answer

माथिका सबै

Explanation

१६८८ को गौरवमय क्रान्तिले बेलायतमा निरंकुश राजतन्त्रको अन्त्य गरी संवैधानिक राजतन्त्र र संसदको सर्वोच्चता कायम गर्नुका साथै वैदेशिक नीतिमा पनि फेरबदल ल्याएको थियो।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →