Back to all sets

History — Set 8

10 Questions with Answers & Explanations

Set 8 of 14

1

रुसी क्रान्तिको कारणहरु के हो/हुन् ?

Options

A

जार शासकको निरङ्कुशता

B

आर्थिक एवं सामाजिक विषमता

C

सन् १९०५ को क्रान्ति

D

माथिका सबै

Correct Answer

माथिका सबै

Explanation

रुसी क्रान्ति (१९१७) का मुख्य कारणहरूमा जार शासकहरूको तानाशाही, गरिब किसान र मजदुरहरूको दयनीय अवस्था र १९०५ को असफल क्रान्तिको प्रभाव प्रमुख थिए।

2

लिच्छवी कालमा प्रधान पदले के लाई जनाउँथ्यो ?

Options

A

प्रधानमन्त्री

B

ग्राम प्रशासक

C

कार्यालय प्रमुख

D

राजाको हजुरिया

Correct Answer

ग्राम प्रशासक

Explanation

लिच्छवीकालीन प्रशासनिक व्यवस्थामा स्थानीय तह अर्थात् ग्रामको प्रमुखलाई 'प्रधान' भनिन्थ्यो ।

3

समूह I र समूह II विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

1. नेपालमा हुलाक टिकटको सुरुवात

Group B

a. वि.सं. २०३२

Group A

2. नेपाल फिलाटेलिक ब्यूरोको स्थापना

Group B

b. वि.सं. २०२३

Group A

3. नेपाल फिलाटेलिक सोसाइटीको स्थापना

Group B

c. वि.सं. २०१७

Group A

4. नेपाल दुरसञ्चार संस्थानका स्थापना

Group B

d. वि.सं. १९३८

Correct Answer

1-d 2-c 3-b 4-a

Explanation

नेपालमा हुलाक टिकटको सुरुवात १९३८ मा, फिलाटेलिक ब्यूरो २०१७ मा, फिलाटेलिक सोसाइटी २०२३ मा र दूरसञ्चार संस्थानको स्थापना २०३२ मा भएको हो।

4

रानी पोखरीको बारेमा विचार गर्नुहोस् :

Statements

क. रानी पोखरीको निर्माण कार्य वि.सं. १७२७ मा पुरा भएको हो।

ख. यो पोखरीलाई नेवारी भाषामा दिइएको नाम 'न्हू पुखु' को अर्थ नयाँ पोखरी भन्ने हुन्छ।

ग. रानी पोखरीको उत्तर पूर्व र उत्तर- पश्चिम कुनामा भैरवको मन्दिर स्थापना गरिएको छ।

Correct Answer

सबै सही

Explanation

प्रताप मल्लले वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराएका हुन्, यसलाई नेवारीमा न्हू पुखु भनिन्छ र यसको चारै कुनामा विभिन्न देवदेवीका मन्दिरहरू रहेका छन्।

5

तल विभिन्न देशहरू र तिनले सहयोग गरेका नेपालको विकास परियोजनाहरूको जोडा दिइएको छ । ती मध्ये गलत जोडा पहिचान गर्नुहोस् ।

Options

A

सुनकोशी जलविद्युत आयोजना -> चीन

B

राप्ती उपत्यका विकास योजना -> भारत

C

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान -> वेलायत

D

बालाजु यन्त्रशाला -> स्वीट्जरल्याण्ड

Correct Answer

राप्ती उपत्यका विकास योजना -> भारत

Explanation

राप्ती उपत्यका विकास योजना मुख्यतया संयुक्त राज्य अमेरिका (USAID) को आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भएको आयोजना हो, भारतको होइन।

6

संरचना र तिनका निर्माता वीच जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

a. धरहरा

Group B

1. वीर शमशेर

Group A

b. जगन्नाथ मन्दिर

Group B

2. रणबहादुर शाह

Group A

c. घण्टाघर

Group B

3. चन्द्रशमशेर

Group A

d. सिंहदरबार

Group B

4. भिमसेन थापा

Correct Answer

a-4, b-2, c-1, d-3

Explanation

धरहरा भिमसेन थापाले, जगन्नाथ मन्दिर रणबहादुर शाहले, घण्टाघर वीर शमशेरले र सिंहदरबार चन्द्र शमशेरले निर्माण गरेका हुन् ।

7

प्रथम विश्वयुद्ध अन्त्य गर्ने भर्सोयल्सको सन्धि ............ मा सन् ............. मा भएको थियो ।

Options

A

जर्मनी, १९१९ जुन २८

B

फ्रान्स, १९१९ जुन २१

C

फ्रान्स, १९१९ जुन २८

D

जर्मनी, १९१९ जुन २६

Correct Answer

फ्रान्स, १९१९ जुन २८

Explanation

भर्सोयल्सको सन्धि २८ जुन १९१९ मा फ्रान्सको भर्सोयल्स दरबारमा हस्ताक्षर गरिएको थियो, जसले औपचारिक रूपमा पहिलो विश्वयुद्धको अन्त्य गरेको थियो।

8

बेत्रावती सन्धिका बारेमा विचार गर्नुहोस् :

Statements

क. वि.सं १८४८ मा नेपाल, तिब्बत र चीन बीचमा भएको युद्ध बेत्रावती सन्धिमा टुङ्गिएको थियो ।

ख. बेत्रावती सन्धिमा नेपालको तर्फबाट देवीदत्त थापाले हस्ताक्षर गरेका थिए ।

ग. बेत्रावती सन्धिमा ७ शर्त थिए ।

Correct Answer

सबै ठीक

Explanation

नेपाल र चीन बीचको युद्ध वि.सं. १८४९ (सन् १७९२) मा बेत्रावती सन्धि भएपछि अन्त्य भएको थियो। यस सन्धिमा नेपालको तर्फबाट देवीदत्त थापा लगायतले हस्ताक्षर गरेका थिए।

9

भिमसेन थापाका सुधारहरू तलकामध्ये कुन हो / हुन् ?

Statements

क) माना- पाथीमा एकरूपता

ख) सन्तान बेच्ने प्रथामा नियन्त्रण

ग) सैनिक सेवामा आधुनिकीकरण

Correct Answer

माथिका सबै सही

Explanation

भिमसेन थापाले नापतौलमा एकरूपता ल्याउने, छोराछोरी बेच्ने प्रथा रोक्ने र नेपाली सेनालाई युरोपेली ढाँचामा आधुनिकीकरण गर्ने काम गरेका थिए।

10

मल्लकालमा भूमि सम्बन्धी पञ्जिका तयार गर्ने एवं मुद्रा ढाल्नको निमित्त आवश्यक धातु संकलन गर्ने अड्डालाई के भनिन्थ्यो ?

Options

A

कोटलिङ

B

टुसाल

C

इटाचपलि

D

छेभण्डेल

Correct Answer

टुसाल

Explanation

मल्लकालमा भूमि सम्बन्धी स्रेस्ता राख्ने र मुद्रा बनाउने धातु संकलन गर्ने अड्डालाई 'टुसाल' भनिन्थ्यो।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →